काठमाडौं । अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवं पूर्वखेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् ।
उपाध्यक्ष दुलालले सोही स्थानमा नै पुगी पीडित परिवारलाई ३५ बोरा चामल, नुन, तेल, दाल लगायत खाद्य सामग्री प्रदान गरेका हुन् । यसका साथै उपाध्यक्ष दुलालले कोभिड– १९ का कारण दैनिक रोजगारी गुमाएका र हातमुख जोर्न समस्यामा परेका ५ घरपरिवारका २२ सदस्यलाई ५ बोरा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री पनि वितरण गरेका थिए । खेल क्षेत्रको विकासका लागि दत्तचित्त रहने दुलाल खेल क्षेत्रभन्दा पर समाज सेवामा पनि सक्रिय रूपमा सहभागिता जनाउँदै आइरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)






