काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो ।
अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन ।
मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।
कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने ’bout सबै जानकारी दिन र जिज्ञाशाहरुको समाधान गर्न प्लानेटले अनलाइन आइएलटिएस क्लास लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ ।
यसकासाथै कोभिड १९ सम्वन्धि नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरि उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ ।
दिंदै कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, ईटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए ।
यस विषम परिस्थितीमा पनि आयोजना गर्न लागेको ये मेला, बर्षकै बृहत मेला हुने र सहभागि सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले विगत १६ बर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।






