काठमाडौं । गायक प्रवीण बेडवालले अघिल्लो गीत नबोली नबोली…दर्शकमाझ ल्याएको एक साता नबित्दै फेरि अर्को गीत बजारमा आएको छ । उनको यतिबेला नयाँ गीत ‘मुटुभित्रै राख्छु तिमीलाई…’ रिलिज भएको छ । यो गीतलाई दुर्गाप्रसाद कडारियाले लेखेका हुन् । जसमा रमेश कडारियाको संगीत रहेको छ । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।
यो गीतको भिडियोलाई दुर्गाप्रसाद कडरिया युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियो रमाइलो बनेको छ । गीतको भिडियोमा प्रतिशा रिजाल र नवराजसिंह खड्काले अभिनय गरेका छन् । भिडियोमा प्रतिशा र नवराजको जोडी राम्रो देखिएको छ । उनीहरूको कामले अहिले प्रशंसा पाएको छ ।
यो गीतको भिडियो सम्पादन तथा निर्देशन रिकेश बज्राचार्यले गरेका हुन् । भिडियोको छायाकारमा विशाल श्रेष्ठ रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)






