यस्तो छ सामसुङको ‘बडादसैं, बिग धमाका’

काठमाडौं, सामसुङले यो चाडबाडको मौसममा आफ्ना उपभोक्ताको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामुसङ मोबाइल पारखीलाई ‘बडादसैं बिग, धमाका’ योजना सार्वजनिक गरेको हो ।

सामसुङको कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यस धमाकामा सामेल हुने ग्राहकलाई साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरिएको छ । अफरअन्तर्गत एक जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत रेनो डस्टर तथा साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत पाँच जना विजेतालाई होन्डा हर्नेट १६० आर तथा १० जना विजेतालाई ग्यालेक्सी नोट २० प्रदान गरिनेछ ।

कोभिडको कारणले गत वर्षको भन्दा यो वर्षको चाड केही फरक छ । यस परिस्थितिलाई मध्यजनर गर्दै सामसुङले उत्सवको मनस्थिति एवं उत्साहलाई अभिवृद्धि गर्न मोबाइल बजारमा यो धमाका अफर सार्वजनिक गरेको हो ।

साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसुङको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ । बम्पर उपहारस्वरूप राखिएका पुरस्कार कार, मोटरसाइकल तथा स्प्मार्टफोनको सट्टामा नगद उपहार प्रदान गरिने छैन ।

यो अफर यही आश्विन १६ गतेदेखि मंसिर २ गतेसम्म लागू हुनेछ । लक्की ड्र विजेता असोज २२ गते, २९ गते, कात्र्तिक ६ गते, २० गते, २७ गते घोषणा गरिनेछ । बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिनेछ ।

यो योजना नेपाल अधिराज्यभर रहेका सामसुङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि तथा आईएमएस प्रालिअन्तर्गतका सामसुङ ब्रान्ड सप तथा रिटेलमार्फत् गरिएको खरिदमा लागू हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम