२२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३२९ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी देशभर २२ हजार २१९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने क्वारेन्टिनमा चार हजार २०३ जना छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ७ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५३५ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य