एनआईसी एसिया र भीजी अटोमोबाइल्सबीच समझदारी

काठमाडौं । एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भीजी अटोमोबाइल्स प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।

यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा भीजी अटोमोबाइल्सको तर्फबाट उपमहाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भीजी अटोमोबाइल्सका सोरुमबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गरेमा १५ हजार रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ ।

डिजिटल बैंकिङमा देशकै अग्रणी स्थानमा रहेको सो बैंकले समयअनुरूप ग्राहकमैत्री योजना ल्याउँदै आएकोमा भीजी अटोमोबाइल्ससँगको यो सहकार्यले ग्राहक महानुभावको दुईपांग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । यस बैंकका ग्राहकले क्रेडिट कार्ड उपभोग गर्नका लागि अनलाइनबाटै सहज रूपमा आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको छ ।

जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने बताइएको छ । यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वाञ्छनीय रहेको महसुस गर्दै आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा बैंकले मोबाइल बैंकिङ वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २ सय ३ सयबढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय २६ शाखा कार्यालय, ४ सय ६८ एटीएम, १ सय३ वटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम