काठमाडौं । किशोरीलाई बलात्कारपछि विष खुवाएर हत्या गर्ने पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय बिकास कुमार खाँलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
२०७६ फागुन २२ गते ईटहरी उममहानगरपालिका–२ तालतलैया पार्कको जंगलमा २२ वर्षीया महिलालाई बिवाह गर्छु भनी ललाई फकाई जवरजस्ती करणी गरी बिषादी खुवाएका थिए ।
इलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा अभियुक्त खाँलाई गाउँघरबाट पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)






