काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएकोमा २६३८ जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा आज १४०३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ९९६, भक्तपुरमा १०२ र ललिपुरमा ३०५ जना रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १७४ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । यो सँगै घर फर्किनेको सङ्ख्या ८० हजार ९५४ पुगेको छ । हाल देशभर ३६ हजार ३६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ६६६ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)






