दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित गतिविधि ह्वात्तै बढेपछि सामाजिक दूरी कायम गर्नका लागि अपनाइनुपर्ने मापदण्ड मिचिन पुगेको छ । पर्वको बहानामा कुनै पनि महामारीको संक्रमणलाई हेलचेक्र्याइँ गर्न वा गरेको स्वीकार गर्न सकिने अवस्था कसैका लागि पनि पाच्य हुन सक्दैन । जनस्वास्थ्यको मापदण्ड उल्लंघन भनेको महामारीको स्थिति भयावह बनाउनतिर जानेर वा नजानेर उद्धत हुनु हो । नेपालको सन्दर्भमा कोभिड–१९ पर्वकै बेला उध्र्वत्तर हुँदै गएको छ । यसलाई मध्यनजर गरी सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । तर, यसमा उल्लिखित मापदण्ड आम नागरिकमा अनुशासनका रूपमा पालना गरिनुको सट्टा मिचिँदै र हेलचेक्र्याइँमा पर्दै गइरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा संक्रमितको संख्यामा वृद्धि हुँदै जानुले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको देखिन्छ । आधा करोड पनि जनसंख्या नभएको राजधानी काठमाडौंमा संक्रमण नियन्त्रण हुन नसक्नु जत्तिको दुःखको कुरा हो, त्यत्तिकै दायित्वविहीनता वा गैरजिम्मेवारीको अभिव्यक्ति पनि हो ।

राजधानीमा दैनिक औसत २ हजार ५ सय जना नियमित संक्रमितको संख्या थपिन थालेपछि यसले जनस्वास्थ्यको मापदण्ड उल्लंघनको आशंकालाई पुष्टि हुने ठाउँ दिएको छ । यसअन्तर्गत भेटघाटमा दुई मिटरको सामाजिक दूरी अनिवार्य हुन नसकेको देखिएको छ । यसका साथै हाम्रो संस्कार नमस्कार गर्ने मात्र छैन । आफन्तहरूलाई हात र गोडामा साष्टाङ्ग दण्डवत् गरेन भने ‘ठूलो भएको’ र ‘आदर सम्मान गर्न छाडेको’ भनेर खिसीटिउरी गर्ने चलन छ । त्यसो त दसैंका बखत सामूहिक बसाइमा टीका लगाउने र एकले अर्कालाई घुमी घुमाइ पालैपालो टीका जमरा लगाइदिने चलन छ । यसो गरिएन भने यसलाई मान्यताअनुसार नै नभएको भनी संस्कृति र मानमानितोको उल्टै अपहेलना भएको रूपमा लिइन्छ । त्यसैगरी, घरघरमा रोटी तथा परिकार बनाई खाने र खुवाउने चलन छ । आफूभन्दा ठूलाबाट टीका ग्रहण गर्ने, आशीर्वाद लिने तथा पूर्णिमाका दिनसम्म डुल्दै र फिर्दै टीका लगाउने चलन छ । सामूहिक स्नान, सामूहिक पूजा, सामूहिक पूजापात्र समापन, पूजापात्र गंगा वा नदीमा सामूहिक विसर्जन तथा आराधना र भजनकीर्तन आदि सामूहिक रूपमा गरिने भएकाले कोरोना महामारीको संक्रमणलाई यसले बढावा दिने वातावरण निर्माण गर्नेछ ।

दसैंमा लाइन लागेर भए पनि मन्दिरमा पूजाआजा गर्न पाउनुपर्ने माग पनि कम खतरनाक छैन । हेर्दा, अस्था, श्रद्धा, भक्ति र भावनासँग जोडिए पनि यसले ल्याउन सक्ने खतरनाक परिणामप्रति आँखा चिम्लन सकिँदैन । त्यसो त यो बेलामा ठूलाठूला जात्रा तथा उत्सव पनि मनाइने गरिन्छन् । दसैं आफंैमा १५ दिनसम्म सामूहिक मेला वा पर्व नै हो । यस्तो बेलामा सर्वसाधारणले भौतिक दूरी पालना गरे÷नगरेको ख्याल कसले गर्ने ? नियम बनाउने माथिल्ला निकायकै मानिसहरू नै यस’bout बेखबर रहेजस्तो गरिदिनाले पनि आवश्यक सामाजिक दूरी कायम राख्न सकिने अवस्था देखिँदैन । जब कि महामारीको जोखिम हरेक व्यक्तिबाट हरेक व्यक्तिलाई भएकाले यसबाट बच्न स्वयं व्यक्तिको व्यक्तिगत अनुशासन निकै महŒवपूर्ण छ । संक्रमणबाट बच्ने उपाय भनेको आफंै सतर्क रहनु हो । भौतिक दूरी कायम गर्नु र मास्कको समुचित प्रयोग यसको यसको रोकथामको न्यूनतम मापदण्ड हो । त्यसैले, सामाजिक दूरीसहित स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्दै दसंै मनाउनु सम्पूर्ण नेपालीको साझा कर्तव्य हो ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने