३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९४ हजार ५०१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण गरिएको छ । हाल देशभर ४० हजार ७७८ सक्रिय सङ्क्रमित छन् । त्यसैगरी चार हजार ४७० सङ्क्रमित क्वारेन्टिनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव