काठमाडौं । स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजु अन्तर विद्यालय गल्र्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेकी छिन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा विभूति माविकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएकी हुन् । पहिलो सेट ११–७ ले जितेकी शिरुषाले दोस्रो सेट ११–८ ले जित्दै उपाधि हात पारेकी हुन् । विभूतिकै पान्जोम लामा र प्रज्ञा सदन माविकी सिमोन राईले तेस्रो स्थान हासिल गरे ।
तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)






