पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो ।

स्वाब संकलनका लागि किट अभाव भएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्म इटहरीमा स्वाब संकलन नहुने जानकारी गराएको थियो । पछिल्लो समय कोरोनाको ग्राफ उच्च रहेको र किट अभाव भएको भन्दै इटहरी उपमहानगरपालिकामा पीसीआर परीक्षण नहुने जानकारी गराएपछि इटहरीबासी चिन्तित बने ।

तर, इटहरीमा कोरोना परीक्षण नभएपनि दैनिक संक्रमितको संख्या बाहिरिएसँगै आम मानिस कौतुहलता सँगै आश्चर्यचकित भए । पीसीआर परीक्षण नै नहुने इटहरीमा दैनिक संक्रमितको संख्या कसरी आउँछ भन्ने एकथरीको बुझाई छ भने अर्कोथरीले इटहरी सरकारले जनताको माग अनुसार काम गर्न नसकेको र बाहिरी हौवा मात्र फिजाउने गरेको तर्क गर्दै आएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भने प्रदेशमा दैनिक थपिएका संक्रमितको ’boutमा अपडेट गराउँदै आएको छ । प्रदेश सरकारले अपडेट गरेको दैनिक संख्यामा इटहरीमा पनि कोरोना संक्रमित थपिएको जनाएको छ । इटहरीमा संक्रमितको संख्या बढ्दै गएको तर परीक्षण नभएको खबर बाहिरिदैँ आएपछि आम मानिस आश्चर्यमा परेका छन् ।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरी भन्छन्, ‘सबैको पोजेटिभ देखिन्छ अब, सबै संक्रमित छन् ।’ उनले इटहरीमा अब परीक्षण गर्नुको औचित्य नै नरहेको भन्दै गैरजिम्मेवारी जवाफ दिए । ‘अब जाँच्नुको औचित्य छैन, जाँच गरेर सक्ने स्थिति पनि छैन,’ चौधरीले राजधानीसँग भने, ‘सबैमा लक्षण देखिन थालेको छ, अब सबैमा पोजेटिभ देखिन्छ ।’

कोरोना नियन्त्रण, राहत, उद्धार तथा पुर्नस्थापनाका लागि भनेर यसअघि इटहरी उपमहानगरपालिकाले ५ करोड खर्च गरेको थियो । तर, हालसम्म इटहरीमा कोरोना संक्रमित कति छन् र निको भएकाको संख्या कति छ भन्ने यकिन डाटा नै इटहरी उपमहानगरपालिकासँग नभएको समाचार यसअघि राजधानीले प्रकाशन गरेको थियो । इटहरी सरकारले जनताको माग अनुसार कोरोना नियन्त्रण, उद्धार तथा पुर्नस्थापनाका लागि आवश्यक काम गर्न नसकेपछि आफ्नो जिम्मेवारीदेखि बाहिरिन थालेको बुद्धिजीविहरुको तर्क रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ