तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको अटोले ठक्कर दिदा पैदल यात्री दंगीशरण गाउँपालिका–६ लेटार निबासी ३४ बर्षकी पिमा बोहरा घाइते भएकी छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
त्यसैगरी तुलसीपुर घोराही सडखण्डको कालाखोलामा रा३प ८०४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निबासी लुमराज कडेंलकी ९ बर्षकी छोरी रजिता कडेल घाईते भएकी छन् । त्यसैगरी तुलसीपुरको दोघरे स्थित भ्याली पेट्रोलपम्प नजिकै पछाडीबाट आइरहेको मोटरसाईकलले अर्को मोटरसाईकलाई ठक्कर दिदा एक घरका ४ जना घाइते भएका छन् ।
बेलुबाट पश्चिम जाँदै गरेको रा ३ प ५७४९ नम्बरको मोटरसाइकललाई पछाडीबाट आइरहेको भे १० प ४०१ नम्मरको मोटरसाईकलले ठक्कर दिदा बेलुवा निबासी ३८ बर्षका टोपबहादुर केसी, ३० बर्षकी बिमला केसी, ८ बर्षका जोन केसी र १० बर्षकी जेनी केसी घाईते भएका छन् ।
त्यसैगरी तुलसीपुर सुर्खेत रोडको शान्तिदिप बोडीङ नजिकै रा ३ प १८५६ नम्बरको मोटरसाईकलले रा ३ प १६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा तुलसीपुर–५ बसपार्क निबासी ४० बर्षका टोपबहादुर डाँगी र ३८ बर्षकी जेनिसा डाँगी घाइते भएकी छन् । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।






