सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, जेबिका कार्की र हाँस्यकलाकार बुद्धि तामाङको सशक्त अभिनय रहेको छ ।

सुनिलले दशैँको अवसरमा बजारमा ल्याएको मसलामा नयाँ कलाकार विशाल रेग्मीको पनि अभिनय देख्न सकिन्छ ।नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहारलाई समावेश गरेर आफैंले निर्देशन गरेका छन् ।

प्रेम रोमान्स र यौन मनोवैज्ञानिक विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गीतमा भट्टीमा आउने ग्राहकहरु जिस्किंदै गर्ने ब्यबहरालाई देखाइएको छ ।गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियो सुनिलकै कन्सेप्टमा तयार भएको हो । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 535 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत