संक्रमणबाट बाँकेमा आज थप चारको मृत्यु

नेपालगन्ज । कोरोना संक्रमणले बाँकेमा आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको टिकापुर नगरपालिका १ का ६० बर्षीय पुरुषको गत राति १ बजे, दाङको घोराही उपमहानगरपालिका – ४ का ७० वर्षीय पुरुषको बिहान ५ः०० बजे, तुलसीपुर उपमहानगरपालिका १८ का ७० वर्षिय पुरुषको दिउँसो २ः४५ बजे, नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको शनिबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनीहरुको उपचारको क्रममा संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। मृत्यु भएका २ जना बाँके जिल्ला बाहिरका हुन् । बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएर संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल