२९०९ जना नयाँ संक्रमित थपिए, ४५०० जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा २९०९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमित ३४ हजार ९०५ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या ४ हजार ५०० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । हाल देशभर १ हजार २५४ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य