सिप्यान अवार्ड चैतमा

काठमाडौं । एनसीसीएस– सिप्यान क्रिकेट अवार्डको दोस्रो संस्करण अर्को महिना हुने भएको छ । आयोजक क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको दोस्रो संस्करण २१ चैतमा काठमाडौंमा हुने जानकारी गराएको हो ।

५ विधामा अवार्ड दिइने बताइएको छ । अवार्डका लागि एनसीसीएसले मुख्य प्रायोजन गरेको सम्मेलनमा जानकारी गराइयो । सिप्यानका अध्यक्ष मनीषराज पाण्डेले (२०१९–२०२०) वर्ष क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेबताए । यसपटक पुरुष र महिलाको पुरस्कार राशि बराबर गरिएको बताइएको छ ।

उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सिप्यानका महासचिव पारस खड्काले अवार्डका लागि योग्य खेलाडी छनोट गर्न एक प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेको खेलाडीलाई अवार्ड प्रदान गरिने बताए ।

वर्ष उत्कृष्ट क्षण अनलाइन भोटिङको आधारमा तय गरिने बताइएको छ । त्यस्तै, नेपाली क्रिकेट विकासमा योगदान पु¥याउने मध्येबाट एक जनालाई सम्मानित गरिने बताइएको छ । खेलाडीले सन् २०१९ मार्चदेखि २०२० मार्चसम्मको गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै