महामारीमा गन्यापधुराका जनप्रतीनिधी बनभाेजमा रमाए

डडेल्धुरा । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले भिडभाडजन्य कार्यक्रमहरु संचालन गर्न निषेध गरेको छ तर गन्यापधुरा गाउपालिकाले शनिबार बनभोज कार्यक्रम गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नेपाल सरकारद्धारा विभिन्न समयमा जारी गरेका आदेश तथा निणर्य बमोजिम विभिन्न सभा,सम्मेलन,जलपान तथा अन्य जमघट तथा भिडभाड हुने कार्यक्रमहरु नगर्न भन्दै सुचना जारी गरेको छ तर गन्यापधुरा गाउँ पालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले सुचनाको बर्खिलाप गर्दै बनभोज कार्यक्रम संचालन गरेका छन् ।

शनिबार आयोजना गरिएको बनभोज कार्यक्रमका तस्बिरहरु सामाजिक संजालमा पोष्ट गरिएका छन् भने उक्त बनभोज कार्यक्रममा सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी नृत्य गरिरहेका भिडियो पनि लाईभ गरिएको थियो ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्ने स्थानीय सरकार नै मापदण्ड विपरित बनभोज कार्यक्रम संचालन गरि मनोरञ्जनमा लिप्त भएको देखिन्छ । जनताहरुलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि सचेत गराउने स्थानीय सरकार नै मापदण्ड विपरित नियमको उल्लंघन गर्दै गएको देखिन्छ ।

गन्यापधुरा गाउँ पालिका अध्यक्ष नबल बहादुर मल्लले महिला कर्मचारीहरुले बनभोज कार्यक्रमको आयोजना गरेको २०÷२२ जनामात्रै सहभागी भएको बताए । उक्त कार्यक्रममा आफु उपस्थित नभएको दाबि गरेका अध्यक्ष मल्लले अन्तमा आएर कर्मचारीले बोलाएपछि शुभकामना दिन गएको स्विकार गरे ।

प्रमुख प्रशासकीय अधिकृत लगाय केही कर्मचारीहरु रारा घुम्न गएको र रारा घुम्न नगएका कर्मचारीहरुले शनिबारको दिन रमाईलो गर्ने गरि बनभोज कार्यक्रमको आयोजना गरिएको गन्यापधुरा गाउ पालिका जनस्वास्थ्य निरिक्षक बासुदेव नौन्यालले बताएका छन् । बनभोज कार्यक्रमको फोटो खिचे पनि नेटमा नराख्ने भन्ने कुरा भएको समेत उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन