नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन देउवाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका एवं समन्यका लागि आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका हुन् ।

देउवाले पत्रमा भनेका छन् ‘कोरोना भाइरस (कोबिड १९) को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन् । केहिदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहिको मृत्यु समेत भैसकेको विवरण संचार माध्यमहरु मार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संंवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता ’bout हामी घच्घच्याइ रहेका छौं ।’

‘विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु ।’ पत्रमा भनिएको छ ।

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै देउवाले कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती