काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन एक जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राति १२ बजेपश्चात् लागू हुने टेलिकमले उल्लेख गरेको छ ।
हाल उपलब्ध भइरहेको प्रतिदिन एक जीबी डाटा प्याकअन्तर्गत प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि २ सय ५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८ सय ५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।
सोअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २ सय ५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जीबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिनेछ । यसैगरी, ८ सय ५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जीबी डाटाको हिसाबले जम्मा २८ जीबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।






