काठमाडौं । बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।
अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ।
यसअघि भारत, चीन, अमेरिका, फ्रान्स, यूएई र दक्षिण कोरियाबाट उद्धार तथा राहत सामग्री नेपाल आइपुगेका छन्। भारतको विशेष उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा परिचालित छ।
अब उद्धारसँगै बाढीले क्षति पुर्याएका घर, सडक, पुल र जलविद्युत् आयोजनाको पुनःस्थापनामा पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने सरकारले जनाएको छ।
सम्बन्धित समाचार
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा
माईखोलामा बन्यो झोलुंगे पुल, स्थानीयवासी खुसी
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी गरिन्छ सिकार ?
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु






