काठमाडौं । रसुवा बाढीका कारण मृतकको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् । प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् ।
यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ । यस्तै, साँझसम्मको तथ्यांकअनुसार तीन हजार ९२५ जना सम्पर्कविहीन रहेका छन् ।
यस्तै, प्राधिकरणले हालसम्म २७९ जना घाइते रहेको जनाएको छ । जसमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । नेपाली सेनाले दुई हजार ७०० जनाको उपचार गरेको पनि प्राधिकरणले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
चीनतर्फबाट आएको विनाशकारी बाढीले रसुवामा ठूलो क्षति भएको पूर्वानुमान
बाढी प्रभावित क्षेत्रबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै
मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल
भोटेकोशी बाढी: ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल
हेलिकोप्टरवाट नेपाल पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा
भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार
हिम पहिरोवारे यस्तो आयो चिनियाँ तथ्य
बाढी अपडेट: मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन






