काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कीर्तिमानी कारोबार भएको छ ।
नेप्से बन्द हुने समयसम्ममा ६ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ । ४.६९ अंकले बढेको नेप्सेमा एक करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ ।
गत साताको बिहीबार कारोबार रकमको कीर्तिमान तोडिँदै आज नयाँ रेकर्ड बनेको हो । विहीबार नेप्सेमा ६ अर्ब ११ करोड रूपैयाँ बराबरको कारोबार हुँदा एक करोड ४० लाख कित्ता सेयर किनबेच भएको थियो । आज बैंकिङ २९.४४, विकास बैंक ०.६४ र अन्य समूह १.३५ अंकले उकालो लागेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)







