गोर्खा ब्वाइज क्वार्टरफाइनलमा

धनगढी । कप्तान मोहन थापा पेनाल्टीमा चुक्दा सुनौलो संगम क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

सोमबार धनगढी रंगशालामा भएको प्रतियोगिताको अन्तिम प्रि–क्वार्टरफाइनलमा गोर्खा ब्बाइजले सुनौलो संगम क्लबको यात्रा पेनाल्टी सुटआउटमा ५–३ ले पन्छाउँदै अन्तिम ८ को यात्रा पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा गोर्खा ब्बाइजका हरि कठायत, अनिश तामाङ, रन्दीप पौडेल, निशान न्यौपाने र कप्तान उत्तम गुरुङले गोल गरे । सुनौलो संगमका रञ्जित थापा, अजित थापा र शंकर न्यौपानेले गोल गरे । सुनौलो संगमका कप्तान मोहन थापाको प्रहार गोर्खा ब्बाइजका गोलकिपर मनोज गुरुङले विफल पारेका थिए । क्वार्टरफाइनलमा गोर्खा ब्वाइजले ‘ए’ डिभिजन टोली हिमालयन शेर्पाको सामना गर्नेछ ।

यसअघि खेलको तेस्रोे मिनेटमै रोशन रानाको पासमा सुरज घलानले गरेको प्रहार पोस्टनजिकैबाट बाहिँरिदा गोर्खा ब्बाइजले अग्रताको अवसर गुमाएको थियो । १९औं मिनेटमा संगमका मोहनले गरेको प्रहार गोर्खा ब्बाइजका गोलकिपर मनोले सहजै नियन्त्रणमा लिए । ५०औं मिनेटमा गोर्खा ब्बाइजले खेलमा अघि बढ्ने अर्को अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । हरि कठायतको प्रहार गोलरक्षक किरण थापा बिट भइसकेको अवस्थामा पोस्टमा लागेर फर्किएकोे थियो ।

त्यसको ७ मिनेटपछि संगमका मोहनले गरेको प्रहार पनि बारमा लागेर फर्किएको थियो । ५९औं मिनेटमा हरिको हेड बाहिरिदा गोर्खा ब्बाइज पुनः अग्रता लिने अवसरबाट पछि परेको थियो । संगमका प्रशिक्षक विकास गुरुङले रातभर यात्रा गरेका कारण खेलाडी थकित भएकाले स्वाभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

प्रतियोगिताअन्तर्गत मंगलबारबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन् । जाहा पहिलो ब्वाटरफाइनलमा कञ्चनजंघा एफसी भारतले आयोजक सुदूरपश्चिम–११ को सामना गर्नेछ । कञ्चनजंघा बाग्मती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै अघिल्लो चरण प्रवेश गरेको हो । सुदूरपश्चिमले बाइ पाएर क्वार्टरफाइन प्रवेश गरेको हो ।

त्यस्तै, दोस्रो क्वार्टरफाइनल बुधबार नेपाल पुलिस र एपीएफबीच हुनेछ । तेस्रो क्वार्टरफाइनलमा थ्री स्टार क्लब र नव जागृति क्लब आमनेसामने हँुदा अन्तिम क्वार्टरफाइनलमा गोर्खा ब्बाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले