शाखा अधिकृत १३.३८ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं । लोकसेवा आयोगले लिएको शाखा अधिकृत प्रथम चरणको परीक्षामा १३.३८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । गत २५ माघमा आयोगका विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको परीक्षामामा पास हुनेको नतिजा कमजोर देखिएको हो ।

परीक्षामा सम्मिलित (खुला र समावेशी), एकीकृत परीक्षाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये ३ हजार ३ सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनोट भएको आयोगले जनाएको छ । जुन कुल सहभागीको १३.३८ प्रतिशत मात्रै हो ।

पाण्डे सचिवमा बढुवा
सरकारले नेपाल प्रशासन सेवातर्फ रिक्त रहेका तीन सचिव पदमध्ये एकमा वरिष्ठ सहसचिव टेकनारायण पाण्डेलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव बढुवा सिफारिस समितिबाट सिफारिस गरिएका तीनमध्ये पहिलो नम्बरमा रहेका पाण्डेलाई सचिव (विशिष्ट श्रेणि)मा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासन सेवामा अझै दुई सचिव पद रिक्त रहे पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।

यसैगरी, बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहका लागि डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 799 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल