सेयर बजारमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । २ बजेर १३ सिनेट जाँदा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको हो ।

पछिल्लो समय लगातार बढिरहेको सेयर बजारमा आइतबार एकाएक रातो रंग छाएको हो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गर्ने संकेत गरेपछि सेयर बजारका लगानीकर्ता असन्तुष्ट छन् भने, ब्रोकर कमिशन घटाउनु पर्ने माग गरिरहेका छन् ।

आइतबारको कारोबारमा १ करोड ५४ लाख कित्ता सेयर ७ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ । नेप्से १२३.३४ अंकले घटेर १९३२.११ अंक कायम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम