सिन्धुलीका नेवारी नेतृत्वलाई सम्मान


सिन्धुली । सिन्धुली जिल्लामा रहेर नेवार समुदायबाट विभिन्न संघसंस्था तथा सरकारी कार्यालयहरुको नेतृत्व गर्ने व्यक्तिहरुलाई मंगलबार सिन्धुलीमाढीमा सम्मान गरिएको छ । नेवा देय् दवु र नेवा मिसा दवुको प्रथम जिल्ला अधिबेशनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।


सम्मानित हुनेमा सरकारी निकायका प्रमुखमा ९ नं. बाहिनी अड्डा सिन्धुलीका बाहिनीपति गणेश कुमार श्रेष्ठ, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठ, नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठ रहेका छन । यस्तै संघसंस्थाका प्रमुख व्यक्तिहरुमा फोनिज सिन्धुलीका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ सिन्धुलीका सहसचिव नविन श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठ, प्लान नेपाल सिन्धुलीका प्रमुख राम बहादुर श्रेष्ठ, सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष तुलसीराम श्रेष्ठ, सामुदायिक वन महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष अमृत श्रेष्ठ, नेवा गुठी समाज सिन्धुलीका अध्यक्ष लक्ष्मीदास श्रेष्ठलाई सम्मान गरिएको छ ।


यस्तै, कार्यक्रममा कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, प्याब्सनका केन्द्रीय सदस्य ओम प्रधान, सिन्धुलीय श्रेष्ठ समाज काठमान्डौलाई सम्मान गरिएको छ । यस्तै जिल्लामा रहेका वित्तिय संस्थाका प्रमुखहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

जसमा लक्ष्मी बैंक सिन्धुलीका प्रवन्धक अमिल लिगल, प्राईम बैक सिन्धुलीका प्रवन्धक रामकुमार श्रेष्ठ, सिभिल बैंकका प्रवन्धक मनोज श्रेष्ठ, ज्योति विकास बैंकका प्रबन्धक सविन कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक श्रवण नेवा खड्गी, त्यस्तै प्रभु बैंकका राधिका श्रेष्ठ, वचत तथा ऋण सहकारी संघ सिन्धुलीका बालकुमारी श्रेष्ठ लगाएतलाई सम्मान गरिएको छ ।


नेवा देय् दवुका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेवा देय् दवुका केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकार र प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले धार्मिक र जातीय द्वन्द्वले विश्वका देश सकिदा नेपाल सोहि विविधताले सम्पन्न रहेको बताए । उनले नेवारी समुदाय नेवारी समुदाय धर्म, संस्कृति, भाषा, भेषभुषा, परिकार, ललितकला, वास्तुकलाले परिपुर्ण जाती रहेको बताउँदै उनले आर्थिक, सामाजिक, शैक्षिक उन्नतीमा समेत नेवार समुदाय अब्बल रहेको बताए ।


उनले नेवार समुदायलाई श्रम र व्यापारको धनी बताउँदै सिन्धुलीमा नेवारी समुदायले कलकारखाना खोल्न र रोजगारी सृजना गर्न आग्रह गरेका छन । उनले भने, ‘संविधानमा स्थापित रोजगारीको हकलाई सम्बोधन गर्न औधोगिक क्षेत्रमा लगानी मैत्री वातावरण मिलाउन जनप्रतिनिधिहरु तयार छौं, लगानी भित्राउनुस र रोजगारी सृजना गर्नुहोस ।’
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का प्रदेश सदस्य राजन दाहालले नेवार समुदाय श्रमलाई सम्मान गर्ने जाती भएको बताउँदै श्रम, सिप र उत्पादनको प्रचार प्रसार गर्न जातीय संगठनले भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जातीय संस्कार, संस्कृति र सद्भावलाई बढाउनका लागि पनि जातीय संगठनले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


अधिवेशनले नेवा देय् दवु र नेवा मिसा दवुको जिल्ला कार्यसमिति समेत चयन गर्ने छ । जसका लागि जिल्लाका सबै तहका नेवार समुदायको सहभागिता रहेको छ । अधिवेशन अघि नेवारी समुदायको झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो भने कार्यक्रम स्थलमा नेवारी परिकार समेत खुवाईएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 865 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग