दैलेखमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

सांकेतिक तस्वीर

दैलेख । शनिवार बाँके नेपालगञ्ज भेरी अस्पतालमा दैलेख नारायण नगरपालिका १ घर भएकी ३८ बर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । गएको कार्तिक ७ गतेदेखि भेरी अस्पतालको कोभिड आईसोलन वार्डमा उपचारत ती महिलाको मृत्यु भएको हो ।

कार्तिक ५ मा कोरोना पुष्टि भएकी ती महिला दैलेखको आईसोलेशनमा भर्ना भएकी थिइन् । जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना भएकी उनलाई स्वास्थ्य झन् समस्या देखिएपछि थप उपचारको लागि ७ कात्तिकमा भेरी अस्पतालमा लगिएको थियो । कोरोना संक्रमण पुष्टि भएको महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । लामो समयसम्म उपचार गर्दा केही ठिक भएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापाले बताए ।

मृतक महिलासहित दैलेखमा कोरोना कारणले ७ जनाले मृत्यु भइसकेको छ भने कर्णाली प्रदेशमा २२ जनाले ज्यान गुमाई सकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार