साहको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ

काठमाडौं । जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैद सनाइएका पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अन्तिम सुनुवाइ सुरु भएको छ । गत ११ फागुनदेखि पूर्वमन्त्री साहको भ्रष्टाचार मुद्दा विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा सुनुवाइ सुरु भएको हो ।

साहको पक्षबाट मंगलबार वकिलहरूले बहस गरेका छन् । बहस नसकिएपछि साहको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । साहले मन्त्री र सांसद हुँदा आयआर्जन गरेको वैद्य आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ पुसमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दासँगै सम्पत्ति शुद्धीकरण विभागले पनि ३२ करोडको मुद्दा दायर गरेको थियो । विभागले १६ चैत २०७४ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्पति लुकाउन सहयोग गरेको अभियोगमा साहसहित १३ विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । साहको बैंक खाता विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेन कारोबार भएको अन्य व्यक्तिको सम्पत्ति अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ ।

को–कोविरुद्ध मुद्दा
विभागले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे गरी कुल १२ प्रतिवादीसमेतको मिलेमतोमा लुकाएको दावी गरेको थियो ।

साहको सम्पत्ति अस्वाभाविक
साहविरुद्ध अख्तियारमा उजुरीपछि छानबिन गर्दा उनको सम्पत्ति अस्वाभाविक देखिएको छ । आयोगले अनुसन्धान गर्दा दुईपटक संविधानसभा तथा व्यवस्थापिका संसद् सदस्य (सभासद) भएर, भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेलासमेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वाभाविक रूपमा सम्पत्ति लुकाएको अख्तियारको दाबी थियो ।

जन्मकैद सजाय पाएर कारागारमा
जनकपुरधाम बमकाण्डको रामानन्दचोकमा बम विस्फोट मुद्दामा पूर्वमन्त्री साहसहित सात जनालाई जिल्ला अदालत धनुषाले जन्मकैद सजाय सुनाएको थियो । हाल, उनी कारागारमा जेलसजाय काटिरहेका छन्् । १८ वैशाख २०६९ मा मिथिला राज्य संघर्ष समितिको आह्वानमा रमानन्दचोकमा बम विस्फोट गराइएको थियो । विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । घटना मुख्य योजनाकारका रूपमा साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता
भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम