काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रको हितविपरीत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा भिडियो सन्देश जारी गर्दै उनले संसद् विघटन गर्ने प्रस्ताव गैरजिम्मेवारीपूर्ण हर्कत भएको भन्दै उनले यसको सबै ढंगबाट प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ संविधानमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष किटान गरिए पनि त्यसविपरीत संसद् विघटनको प्रस्ताव गरिनु अत्यन्त दुःखद भएको भन्दै यो कदम संविधानको भावनाविपरीत रहेको पनि भट्टराईले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 488 times, 1 visits today)






