काठमाडौं । गायिका डा. रानी शाक्यले आफ्नो सुमधुर स्वरमा नयाँ गीत मञ्जुरीको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । यो गीतलाई संचारकर्मी तुलसी बस्नेतले लेखेका हुन् । जसमा राज सागरको संगीत छ ।
हाल अमेरिकाको मेरिल्यान्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटाभन्दा बढी गीत आइसकेका छन् । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरूको साथै चलचित्रको पाश्र्व गायनमा समेत आफूलाई अब्बल सावित बनाइसकेकी छन् । यसअघि ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी उनी अवार्डले गायनमा झन् उत्साहित भएकी छन् ।
यो गीत निकै कर्णप्रिय बनेको छ । गीतको भिडियोमा विकास लामिछाने र समीक्षा पोखरेलको अभिनय रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी, विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।
गीतलाई गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । विभिन्न डिजिटल प्लेटफर्ममा अनि गायिका रानीका गीतहरू त्यतिकै धेरै सुनिएका छन् ।






