ओली समुह काठमाडौमा रनभुल्ल, दाहाल नेपाल समुह जिल्लामा सक्रिय

सिन्धुपाल्चोक । केन्द्रमा पार्टी आधिकारिकताको विवाद पेचिलो बनिरहदा सिन्धुपाल्चोकमा भने नेकपाका नेताहरु पार्टी सुद्धिढीकरणको अभियान लिएर बस्ती बस्तीमा पुग्न सुरु गरेका छन् ।

सिन्धुपाल्चोक प्रचण्ड–माधव समुहको नेकपा बलियो जिल्लाको रुपमा लिने गरिएको छ । केन्द्रमा आधिकारिकता विवाद चरम भैरहदा नेकपा नेताहरु भने सिन्धुपाल्चोकका विभिन्न बस्तीहरुमा पुगिरहेका छन् । नेकपा प्रचण्ड माधव समुहका केन्द्रीय सदस्यहरु,प्रदेश सदस्य एवम जिल्ला तहका नेताहरु गाउँमा हुने पार्टी प्रवेश,भेला,प्रशिक्षण लगायतका गतिविधिहरुमा व्यस्त हुन थालेका छन् ।

केही दिन यता,उता भएका नेकपाका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री शेरबहादुर तामाङ प्रचण्ड–माधव पक्षमा खुलेसँगै उनी शनिबार सिन्धुपाल्चोकको विकट घोर्थलीमा पुगेर नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्न पुगेका थिए ।

प्रचण्ड–माधव समुहका नेकपाका नेताहरु अभियान लिएर गाउँ बस्तीमा पुग्न थालेपनि ओली सुमहका नेताहरु राजधानीमा नै व्यस्त रहेका छन्

सामाजिक विकास मन्त्रीबाट राजीनाम दिएपछि सरकारको कामबाट फुर्सदिला भएका नेकपाका अर्का केन्द्रीय सदस्य युवराज दुलाल आफ्नो निर्वाचन क्षेत्रमा आयोजित नेकपाको कार्यक्रममा सहभागी भएका थिए । नवलपुरमा आयोजीत अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्य दुलालले केपी ओलीको कारण अहिलेको अवस्था सिर्जना भएको बताए । निर्वाचन आयोग र अदालतले आफुहरुको पक्षमा नै फैसला गर्नेमा आफुहरु ढुक्क रहेको केन्द्रीय सदस्य दुलालले बताए ।

मेलम्चीमा अगुवा कार्यकर्ता भेला

प्रचण्ड–माधव पक्षकै आयोजनामा मेलम्चीमा पनि अगुवा कार्यकर्ता भेला सम्पन्न भएको नेकपा जिल्ला अध्यक्ष झम्क नेपाालले जानकारी दिए । भेलामा नेकपा वागमती प्रदेश सचिवालय सदस्य सवास कर्माचार्य,मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल,जिल्ला अध्यक्ष झम्क नेपाल लगायतका नेताहरु सहभागी भएका थिए ।

आफुहरु अब केही दिन वर्तमान राजनीतिक अवस्थाको ’boutमा कार्यकर्ताहरुलाई जानकारी दिने र अहिलेको अवस्थाको ’boutमा प्रष्ट बनाउने उदेश्यले बस्ती तह सम्म पुग्ने योजना बनाएको प्रचण्ड–माधव पक्षका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

बाह्रविसे नगरपालिकाको घोर्थलीमा आयोजित नेकपाको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसबाट तत्कालिन घोर्थली गाविसबाट अध्यक्षमा निर्वाचीत साङगे शेर्पा सहित सयौं कांग्रेस कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ,बाह्रविसे नगरपालिकाका मेयर एवम नेकपा नेता निमफुञ्जो शेर्पा लगायत नेकपाका नेताहरुले स्वागत गरेका थिए ।

केन्द्रमा नेकपा विभाजन भएपनि गाउँ तहमा भने नेकपा अझै एक ढिक्का रहेको आफुले पाएको नेकपा केन्द्रीय सदस्य तामाङले बताए । ‘हाम्रो पार्टीमा विभाजन छ तर अहिले पनि बस्ती बस्तीमा नेकपा प्रतिको आर्कषणमा कुनै कमि देखिएन ।’ तामाङले भने । कांग्रेसबाट निर्वाचित पुर्व गाविस अध्यक्ष लगायतका कार्यकर्ताहरु अहिलेको संकटपुर्ण अवस्थामा पनि नेकपामा प्रवेश गर्ने खबर पाएकाले आफु अन्य कार्यक्रम छाडेर घोर्थलीमा आएको तामाङले बताए ।

बाह्रविसे नगरपालिकाका मेयर एवम नेकपा जिल्ला नेता निमफुञ्जो शेर्पाले अहिले पनि धेरै गाउँहरुबाट नेकपामा प्रवेश गर्नेहरुको सूची आफुहरुसँग लामो भएको बताए । ‘हामी अब निरन्तर यस्ता कार्यक्रम लिएर बस्ती बस्तीमा जान्छौ र नेकपामा केही नभएको सन्देश दिन्छौ ।’ मेयर शेर्पाले भने । पार्टी विभाजन भएपनि सिन्धुपाल्चोकमा त्यसले कुनै समस्या नहुने मेयर शेर्पाले दाबी गरे ।

प्रचण्ड–माधव समुहका नेकपाका नेताहरु अभियान लिएर गाउँ बस्तीमा पुग्न थालेपनि ओली सुमहका नेताहरु राजधानीमा नै व्यस्त रहेका छन् । ओली समुहबाट दावा तामाङ युवा तथा खेलकुद मन्त्री भएपनि ओली पक्षका धेरै नेता कार्यकर्ताहरु तामाङलाई बधाइ दिनका लागि राजधानीमा नै व्यस्त छन् । हामी पनि केही दिनपछि पार्टीका कार्यक्रम लिएर गाउँ गाउँमा जान्छौ ओली निकटका एक केन्द्रीय सदस्य ले भने ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ