लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई वेष्ट ब्रोमले बराबरीमा रोकेको छ । गएराति लिभरपुलकै मैदानमा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा लिभरपुलका सादियो मानेले पहिलो गोल गरे पनि ८२ औं मिनेटमा सेमि अजाईले गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । बराबरीमै खेल सकिए पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । १५ खेलबाट उसको ३२ अंक छ । समान खेलबाट २९ अंक जोडेको एभर्टन दोस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरीमा रोक्दा वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग २–२ गोलको बराबरी खेलेको छ । गएराति लिड्स युनाईटेडलाई सफलता प्राप्त भयो । उसले बर्न्लेमाथि १–० को जित निकालेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)






