ओलीले घोषणा गरेको चुनावी भ्रममा नपर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेपाल दाहाल समुहले गरेको विरोध सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ओलीले घोषणा गरेको चुनावी भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको बताए ।

‘छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुनेछ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ