संघर्षका कार्यक्रम लिएर गाउँ गाउँमा पुगे प्रचण्ड-नेपाल समूह

दैलेखको क्षेत्र २ को दुल्लुनगरपालिकामा प्रचण्ड र माधव पक्षले गरेको भेला ।

दैलेख । प्रधानमन्त्री केपि शर्मा ओलीले पुस ५ प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूह संघर्षका कार्यक्रम लिएर दैलेखका गाउँ गाउँमा गएको छ । आमनारिकलाई संर्घषका कार्यक्रममा एकजुट हुन र असंवैधानिक कदमविरुद्ध ऐक्यवद्धता जनाउन प्रचण्ड र माधव पक्ष गाउँ छिरेको हो ।

प्रधानमन्त्रीले संसद् विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ बाटो लगेको भन्दै त्यसलाई नसच्याउञ्जेलसम्म संघर्ष जारी रहने यो समुहले जनाएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको जिल्ला कमिटी बैठकले गरेको निणर्यहरु सार्वजनिक गर्दै दैलेखमा गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गरिएको हो ।

नेकपा प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले प्रधानमन्त्रीले असंवैधानिक कदम नसच्याए र गलत गतिविधि नरोके जनताले सडकबाटै प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई फाल्ने दाबी गरे । ‘प्रधानमन्त्री ओलीले निर्वाचन गराउन सक्दैनन् । जनता नै प्रधानमन्त्री विरुद्ध लागेको छ । दाहाल–नेपाल समुह निर्वाचन देखि डराएको हो त भन्ने पत्रकारहरुको पश्नमा थापाले भने, ‘हामी निर्वाचन देखि डराएका होइनौँ, निर्वाचनमा जाने विधि र प्रक्रिया गलत हो ।’ चुनावको नाममा प्रधानमन्त्री ओलीले संकटकाल लगाउने तयारी गरेको आरोप लगाए । ‘देशलाई बर्बाद पार्ने खेलमा ओलीको चुनावी कार्ड नाटक मात्र हो । चुनाव हुन दिएनन भनेर देशमा संकटकाल लगाउने ओलीको प्रतिगमन कदम हो । यसका विरुद्ध जनता नै जाग्नुपर्छ’, थापा भने ।

त्यसैगरि सो समूहकी प्रदेश कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य पार्वतीकुमारी विशुन्केले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताइन् । ‘संविधान कोही कसैको पेवा होइन । संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लादेर निरंकुश शासनको सुरुवात गर्न खोजेका छन् । न्यायलयले जनताको पक्षमा फैसला गर्नेछ भन्नेमा हामी विश्वस छौं’, उनले भनिन् न्यायलय दिन नसकेको खण्डमा जनताले सडकबाट प्रतिगमन विरुद्धको न्यायिक फैसला गर्ने उनले दाबी गरिन् ।

नेकपाका जिल्ला सचिव प्रेमबहादुर कटुवालको संयोजकत्वमा जिल्ला सह–इन्चार्ज तथा केन्द्रिय सदस्य राजबहादुर बुढा र अर्को केन्द्रिय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालको उपस्थितीमा भएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको संसद विघटन जस्तो असंवैधानिक कदमको घोर भत्सना गर्ने निणर्य पारित गरेको बताइएको छ ।

बैठकले जिल्ला सह–इन्चार्ज तथा केन्द्रिय सदस्य राजबहादुर बुढाको संयोजकत्वमा २५१ सदस्यीय प्रतिगमनका विरुद्ध संघर्ष समिति गठन गरेको सचिव कटुवालले जानकारी दिए । उनका अनुसार बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा आन्दोलन र राजनीतिक कमाण्डका लागि नयाँ जिम्मेवारी दिने निणर्य गरेको छ ।

जस अनुसार महाबु गाउँपालिकामा सावित्री मल्ल, चामुण्डाविन्द्रासैनी नगरपालिकामा थिरबहादुर कार्की र सुशिल थापा, गुराँस गाउँपालिकामा पार्वतीकुमारी विशुन्के, आठबीस नगरपालिकामा तर्कबहादुर शाही र योगेन्द्रबिक्रम शाही, ठाटीकाँध गाउँपालिकामा तर्कबहादुुर शाही, दुल्लु नगरपालिकामा बरुनाथ योगी, थीरबहादुर कार्की र शुसिल थापा, नारायण नगरपालिकामा टेकबहादुर खाँण र सावित्री मल्ल, भैरबी गाउँपालिकामा ललिता बिसी, थिरबहादुर कार्की र शुसिल थापालाई जिम्मेवारी दिने निणर्य गरी अनुमतीका लागि प्रदेश कमिटिमा पठाईएको सचिव कटुवालले जानकारी दिए । बैठकले आगामी पुस २६ गते प्रतिगमनका विरुद्ध दुुल्लुमा विरोध सभा गर्ने निणर्य समेत गरेको छ ।

निणर्यहरु सार्वजनिक गर्दैै सचिव कटुवालले जिल्लाका ११ वटै स्थानीय तहमा बैठक सम्पन्न गर्नका लागि मिति र कार्यविभाजन गरेको जानकारी दिए । निणर्य अनुसार बिहीवार दुल्लुमा बैठक भएको बताईएको छ । सचिव कटुवालका अनुसार नौमूले गाउँपालिका र गुराँस गाउँपालिकामा आज पुस १७ गते, नारायण नगरपालिकामा, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा भोलि पुस १८ गते, ठाटीकाँध गाउँपालिकामा १९ गते, आठबीस नगरपालिकामा २० गते र भैरबी गाउँपालिकामा २२ गते बैठक गर्ने निणर्य भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?