छ हजार घुस खाएकाे अभियाेगमा प्रहरी हवल्दार पक्राउ

इटहरी । ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव अख्तियारको फन्दामा परेका छन् ।

स्थानीय व्यापारी विनोद शाहसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

शेयर कारोबार पुनः सञ्चालन