प्रदेश १ मा मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने दाहाल–नेपाल समूहको निर्णय

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई कारबाही गर्ने निर्णय दाहाल–नेपाल समूहले गरेको छ । उनीहरुलाई ३ महिनासम्म प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको दाहाल–नेपाल समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निलम्बन घोषणा गरिएकामा मुख्यमन्त्री राईसहित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।

दलको कुनै पनि बैठकमा उपस्थित नभएर पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले संसदीय दलको विधान अनुसार निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना दाहाल–नेपाल समूहका सांसदलाई ३ महिनाका लागि निलम्बन गरेको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स