चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन् । गलामा सयपत्री फूलको माला छ । आकाशे रङको ऊनी टोपी र गाढा निलो स्वेटरमा खुलेका छन्, सुुकराम ।

‘रमाइलो लागिरहेको छ,’ चित्र कोरेर चकलेट पाएका सुकरामका साथी सचिन वाइबा र विशाल थिङ पनि दंग सुनिए, ‘चित्र बनाएर अहिलेसम्म हामीले पुरस्कार पाएका थिएनौं, आज पायौं ।’

बडेमान डब्लुडाँडा फेदको श्रीनटारम्भेश्वर प्राथमिक विद्यालय प्रांगणको माहोल अन्य दिनभन्दा फरक लाग्छ । ५२ घरधुरीबाट आएका गाउ“भरका अभिभावक भेला भएका छन् । एकैनासका केटाकेटीका अनुहारमा बेग्लै चमक छाएको छ । एउटैखाले पोसाकमा उस्तै देखिइरहेका उनीहरूका चहकले अभिभावकसमेत हर्षविभोर लाग्छन् ।

मकवानपुर भीमफेदी गाउँपालिकाअन्तर्गत ईपा पञ्चकन्या–२ महादेवटार ललितपुर सीमामा पर्छ । सवारीमार्फत झन्डै तीन घण्टा दू्रीमा पर्ने नटारम्भेश्वर प्रावि पुग्न चापागाउँबाट ३७ किलोमिटर यात्रा गर्नुपर्छ ।

विशाल डाँडामुनिको विद्यालयमा दुई बजेपछि घाम लाग्दैन । त्यसपछि चिसो हुने भएकाले विद्यार्थीलाई गाह्रो हुने कठायतले सुनाए । उनका अनुसार पहिले ६५ जनासम्म विद्यार्थी थिए, अहिले ४२ जनामा सीमित छ । शैक्षिक सामग्री र दिउँसो खाजा व्यवस्था गर्नसके विद्यार्थी बढ्ने कठायतको विश्वास छ

विद्यालय स्थापना भएको ३३ वर्ष लाग्यो । तरै पनि अवस्था दयनीय छ । पुस–माघमा यहाँका विद्यार्थी सर्ट, पाइन्ट र चप्पल लगाएर विद्यायल आउ“छन् । न्यानो लुगा अभाव झल्दै उनीहरू डेढ घण्टा हि“डेर पढ्न आउन बाध्य छन् । ‘हामीले आफ्नो खल्तीबाटै पनि सहयोग ग-यौं,’ सामाजिक संस्था ‘सहयात्रा’का बालमुकुन्द (बिएम) आचार्य भन्छन्, ‘पछिल्लो समय हामीले रोजेको विद्यालयको अवस्था एकदमै नाजुक पायौं, यही बाध्यता मध्यनजर गर्दै सहयोगको हात अघि बढाएका हौं ।’
सम्मृद्धि फाइनान्स, सहयात्रा र योङ पिकासोको संयुक्त टोलीले १ देखि कक्षा ५ सम्मका ४२ विद्यार्थीलाई स्कूल स्वेटर, ऊनी टोपी र मोजा सहयोग गरेको हो ।

सहयात्राका निवर्तमान अध्यक्षसमेत रहेका आचार्यअनुसार अति विपन्न वर्गलक्षित सहयोग अभियान प्रारम्भिक चरणमा दक्षिण ललितपुरकेन्द्रित बनाइएको छ । कालान्तरमा देशका अन्य भागमा विस्तार गरि“दै लगिने उनी बताउ“छन् । ‘सहयोगी हात अलिअलि बढ्दै छन्,’ आचार्य भन्छन्, ‘सामाजिक कार्य भएकाले पनि सहयोगका लागि इच्छुक मनहरू देखापर्न थालेका छन् ।’

योङ पिकासोका निर्देशक अजय देशार समय सापेक्षित सहयोग प्रक्रिया अघि बढाइने बताउ“छन् । जाडोमा न्यानो लुगा र अन्य समय त्यसैअनुसार अभियान चालिने योजना उनले बताए ।

‘यसअघि हामीले दक्षिण ललितपुर देउराली आधारभूत विद्यालयमा न्यानो ज्याकेट वितरण ग-यौं,’ कला प्रशिक्षकसमेत रहेका देशार भन्छन्, ‘विद्यालय छान्नुअघि व्यापक सोधखोज गर्छौं, त्यसपछि मात्रै प्रक्रिया अघि बढ्छ । वास्तविक विपन्न वर्गमै राहत पुगोस् भन्ने हाम्रो उद्देश्य छ ।’ उनका अनुसार माविभन्दा आधारभूत विद्यालय सहयोगको ‘टार्गेट’ हो ।

११ चैत २०७६ को लकडाउनपछि बन्द श्रीनटारम्भेश्वर प्राथमिक विद्यालय आमा समूहको पहलमा गत १७ असोजबाट खुलेको प्रधानाध्यापक भीमसेन कठायत बताउँछन् । अति विपन्न वर्गका विद्यार्थी अध्ययनरत रहेको बताउ“दै उनले कोरोना महामारीबीच अध्यापन गराइरहेको उल्लेख गरे ।

‘सानै सहयोगले पनि ठुलो राहत दिलाउने रहेछ, यो जाडोमा पाएको न्यानो लुगाले विद्यार्थीलाई हौसला दिएको छ,’ प्रधानाध्यापक कठायत भन्छन्, ‘कतिपय विद्यार्थी खानै नखाई एकडेढ घण्टा हि“डेर आउ“छन्, विद्यालयमै खाजा व्यवस्था गर्नसके उनीहरूलाई टिकाउन सकिन्थ्यो ।’

विशाल डाँडामुनिको विद्यालयमा दुई बजेपछि घाम लाग्दैन । त्यसपछि चिसो हुने भएकाले विद्यार्थीलाई गाह्रो हुने कठायतले सुनाए । उनका अनुसार पहिले ६५ जनासम्म विद्यार्थी थिए, अहिले ४२ जनामा सीमित छ । शैक्षिक सामग्री र दिउँसो खाजा व्यवस्था गर्नसके विद्यार्थी बढ्ने कठायतको विश्वास छ ।

‘कक्षा ५ मा पाँचै जना विद्यार्थी छन्, मसहित चार शिक्षकमात्रै हो,’ प्रधानाध्यापक कठायत बाध्यता सुनाउ“छन्, ‘तीन शिक्षकका दरले ६ वटा कक्षासम्म हेर्नुपर्छ, जसका कारण बहुकक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
कक्षा ५ उत्तीर्णपछि कतिपय अभिभावक सन्तान पढाउनसक्ने आर्थिक हैसियतका छैनन् । केही हुनेले प्राविपछि मावि पढाउन अन्यत्र पठाउने गरे पनि धेरैको अवस्था त्यस्तो छैन ।

‘रोजगारी नै समस्या हो, यसले गर्दा पनि विद्यार्थी बढ्न सकेको छैन,’ आफ्नो छोरीसमेत सोही विद्यालयमा पढाइरहेका प्रधानाध्यापक कठायतले थपे, ‘अभिभावक रोजगारीका लागि अन्यत्र गएपछि केटाकेटी पनि स“गै लिएर जान्छन्, यसकारण पनि विद्यार्थी बढ्न नसकेको हो ।’

शिक्षक र एक कर्मचारीसहित ६ जनाको दरबन्दी रहेको श्रीनटारम्भेश्वर प्राथमिक विद्यालयको मुख्य समस्या खानेपानी हो । १२ वैशाख २०७२ को भूकम्पले भवन जीर्ण बनाएपछि युएस एडले नयाँ भवन बनाइदियो । अहिले सोही भवनमा पढाइ जारी छ । ‘स्थानीयस्तरमा आर्थिक अवस्था एकदमै नाजुक छ, ६ महिना खाना पुग्छ, त्यसपछि सोच्नुपर्छ,’ कठायत भन्छन्, ‘यो भेग शिक्षामा धेरै नै पछाडि परेको छ । पढ्नभन्दा खानैको समस्या छ ।’

तत्काल माविमा फड्को मार्ने कुनै सम्भावना नै नरहेको बताउने प्रधानाध्यापक कठायत विद्यार्थी संख्या नपुग्ने भएकै कारण माविमा जानै नसक्ने दाबी गर्छन् । ‘भएकै विद्यार्थी टिकाउन समस्या छ,’ उनले भने, ‘दैनिक खाजा व्यवस्थासम्म गर्न सकेको खण्डमा टिकाउनस“गै संख्या बढाउने सकिनेमा शंका छैन ।’

भीमफेदी गाउँपालिकाले विद्यालय परिसर घेर्न तीन लाख रुपैया“ बजेट छुट्याएको छ । तर, त्यो अपुग हुने कठायत गुनासो गर्छन् । ‘त्यति बजेटले यत्रो कम्पाउन्ड घेर्न के पुग्ला र ?’ उनी भन्छन्, ‘त्यही पनि सन्तोष मान्नुपर्ने अवस्था छ, त्यति भए पनि त गाउ“पालिकाले छुट्याइदियो ।’

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम