बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का टेकबहादुर धामी र लक्ष्मण धामी पक्राउ परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
पीडित किशोरीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ । अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जबरजस्तीकरणी मुद्दा दर्ता दुवै जनामाथि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
किशोरीमाथि चार अघि नै बलात्कार भएको थियो । किशोरी गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको प्रहरीले जनाएको छ । दुवै जनालाई प्रहरीले गत बिहीबार पक्राउ गरेको जनाएको छ । बैतडीमा गएको चैतदेखि अहिले सम्म बलात्कारका १२ घटना बाहिर आईसकेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






