रसुवा बाढीः उदयपुरका २१ मध्ये ३ जना सम्पर्कमा

उदयपुर । भोटेकोशी नदिमा आएको बिनाशकारी बाढीमा परी उदयपुरका २१ जना सम्पर्क बिहीन भएका मध्ये शुक्रवार साँझ सम्म ३ जना सम्र्पका आएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विभिन्न कामको सिलसिलामा भोटेकोशी तटीय क्षेत्रमा कार्यरत उदयपुरका २१ जना सम्पर्क बिहीन भएको जानकारी आएका मध्ये ३ जना सम्र्पका आएको जनाएका छन ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार उदयपुरबाट बेपत्ता भएका मध्ये ३ जना परिवारको सम्र्पकमा आएको जनाएका छन । अन्य १८ जनाको परिवारबाट सम्पर्क बिहीन भएको भएको प्रहरीलाई जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईंका अनुसार शुक्रवार साँझ सम्म सम्पर्क बिहीन व्यक्तिका परिवारले दिएको जानकारी अनुसार १८ जना अझै बेपत्ता रहेको हो ।

उनका अनुसार बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४, साउने बाजगराका १८ वर्षीय भेषराज माझी, २० वर्षीय मिलन माझी र ३२ वर्षीय चन्द्रबहादुर माझी रहेका छन् । प्रहरीका अनुसार उनीहरू सबै रसुवा हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत थिए । त्यसैगरी कटारी नगरपालिका–५ सोक्लाहाका २० वर्षीय बुद्धिमान नेपाली टिमुरे बजारमा ग्यारेजमा काम गर्दै आएकामा सम्पर्क बिहीन छन् ।

उनी रसुवाको टिमुरे बजारस्थित एक ग्यारेजमा कामदारका रूपमा कार्यरत थिए । लिम्चुङबुङ गाउँपालिका–४, बलम्ताका २४ वर्षीय सुमन समीर राई सि.(५३) नेपाल सेनामा कार्यरत रहेका सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ । नेपाली सेनामा कार्यरत राई रसुवा क्षेत्रकै ब्यारेकमा कार्यरत रहेको जानकारी आएको प्रहरी उपरिक्षक चापागाईंले जानकारी दिए ।

त्यसैगरी त्रियुगा नगरपालिका–४ का ४२ वर्षीय देवेन्द्र घिमिरे माथिल्लो त्रिशूली हाइड्रोबाट सम्पर्क बिहीन भएका छन् । उनी माथिल्लो त्रिशूली हाइड्रोमा कामदारका रूपमा कार्यरत थिए । त्यसैगरी उदयपुरगढी गाउँपालिका–७ तिरिबासका ३१ वर्षिय अरुन मगर टिमुरे बजारमा काम गर्दै आएकोमा बेपत्ता भई परिवारको सम्र्पकमा नआएको जनाएका छन ।

त्यसैगरी त्रियुगा नगरपालिका– १० बोक्सेकी २३ वर्षिय मनिका विश्वकर्मा र उनकी छोरा ५ वर्षिय रियाज विश्वकर्मा नुवाकोटबाट बेपत्ता भएको परिवारले जनाएको छ । त्यसैगरी त्रियुगा नगरपालिका–७ चक्लघाट कृर्तिबारीका ४० वर्षिय धु्रव बस्नेत पनि रसुवाको टिमुरेबाट सम्पर्क बिहीन भएका छन् । उनी रसुवा हाइड्रोपावरमा सवारी चालकका रूपमा कार्यरत थिए ।

त्यसैगरी त्रियुगा नगरपालिका– १ रुपनीका १८ वर्षिय बालकुमार राई सि (५३) का नेपाली सेना टिमुरेमा कार्यरत थिए । त्यसैगरी बेलका नगरपालिका– ९ कमलबारी खोरियाका १७ वर्षिय करण बि.क. टिमुरेमा ट्रकका सहचालकमा कार्यरत थिए । त्यसैगरी कटारी नगरपालिका– ५ भोर्लेका ४४ वर्षिय प्रेम रोक्का, ४० वर्षिय मोहनबहादुृर सार्की, ४८ वर्षिय ओमकुमार सार्की, ५० वर्षिय लोकबहादुर बिक टिमुरेमा ज्याला मजदुरी गर्न गएकाहरु बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।

त्यसैगरी लिम्चुङबुङ गाउँपालिका– ४ बलम्ताका २१ वर्षिय प्रविन राई टिमुरेमा नेपाली सेनामा कार्यरत रहेको पाईन्छ । त्यसैगरी त्रियुगा नगरपालिका– २ मोथियाहीका २२ वर्षिय अनिल कामी टिमुरेमा ट्याक्टर चालकको काम गर्दै आएको जनाएका छन । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले दिएको जानकारी अनुसार उदयपुरका २१ जना सम्पर्क बिहीन भएको सुचना आएको बताए । उनका अनुसार शुक्रवार साँझ सम्म २१ जनाको बेपत्ता भएको जानकारी आएको मध्ये ३ जना सम्र्पकमा आएको जनाएका छन ।

प्रमुख जिल्ला अधिकारी मंग्रातीका अनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उदयपुरबाट रोजगार, व्यापार तथा अन्य कामको सिलसिलामा गएका र अहिले सम्म आफन्तको सम्पर्कमा नआएका व्यक्तिको यकिन विवरण संकलन गरी खोज तथा उद्धारका लागि सूचना जारी गरेको छ । प्रशासनले त्यस्ता व्यक्तिका आफन्तलाई नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय उदयपुरमा जानकारी गराउन आग्रह गरेको छ ।

त्यसैगरी बेपत्ताको सुचिमा रहेका मध्ये उदयपुरगढी गाउँपालिका– १ बाहुनीटारका २७ वर्षिय सुमन तामाङ गाडी चालक, २९ वर्षिय जीवन तामाङ गाडी चालक र त्रियुगा नगरपालिका–९ गैरुनका २५ वर्षिय भोलाराज कार्की गोसाईकुण्ड घुम्न गएकाहरु सम्र्पकका आएको जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीः उदयपुरका २१ मध्ये ३ जना सम्पर्कमा