थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५४५ जनाको स्वास्थ्य परीक्षण गर्दा १३३ महिला र १६९ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

अहिले देशभर ३ हजार ६१४ सक्रिय सङ्क्रमित छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । पछिल्लो समय थप ४८० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ ।

त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९८६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम