देउरानीको कुटाईबाट जेठानीको मृत्यु

सांकेतिक तस्वीर

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ ।

जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा जेठानीको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारार्थ लखनउमा रहेकी जेठानीको शुक्रबार राति मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता