काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर ३ हजार ३१२ सक्रिय सङ्क्रमित छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो समय थप ४०३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार १ पुगेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)






