जापान सरकारको लगानीमा निर्मित आँखा अस्पताल भवन हस्तान्तरण

उदयपुर । जापान सरकारको लगानीमा निर्मित मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार एक कार्यक्रमका बिच राजदुत मासामिची साईगोले हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदुत मासामिची साईगोले भवन हस्तान्तरण गरेका हुन् । नेपाल नेत्र ज्योति संघ उदयपुरको मातहतमा रहेको सो भवन राजदुताबास, नेपाल सरकार र अन्य निकायको गरी एक करोड ९७ लाख ३४ हजार लागतमा निर्माण भएको हो ।

नव निर्मित तीन तला रहेको भवनमा जापान सरकारले ८१ हजार एक सय ९२ अमेरिकन डलर अर्थात नेपाली रुपैयाँ करिब ९१ लाख ३४ हजार रुपैयाँ राजदुताबास मार्फत सहयोग उपलब्ध गराएको हो । २०७५ पुस १३ गते दुई पंक्षबिच भएको सम्झौता अनुसार भवन निर्माण कार्य सम्पन्न भइसकेकाले राजदुत साईगोले नेत्र ज्योती संघ उदयपुरलाई भवनको चाबी हस्तान्तरण गरेका हुन् ।

सो नव निर्मित भवनमा सहरी विकास मन्त्रालयले गत आ.व.मा ५० लाख, प्रतिनिधिसभा सदस्य एवंम पुर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत ४० लाख, नेत्र ज्योति संघ केन्द्रिय कार्यालयबाट १५ लाख र डा. गोपाल पोखरेलबाट एक लाख रुपैयाँ उपलब्ध भएको नेत्र ज्योती संघ उदयपुरका सभापति राउतले जानकारी दिए ।

जापान सरकार बाहेक अन्य निकायबाट आएको रकमबाट निर्माण भई रहेको माथिल्लो दुई तलाको निर्माण कार्य अन्तिम चरणमा रहेको र आगामी एक महिनाभित्र उद्घाटन गरिने सभापति राउतले जानकारी दिए । नेपाल सरकार र जापान सरकारले अस्पताल सञ्चालनका लागि एक करोड १५ लाख मुल्य बराबरको उपकरण समेत उपलब्ध गराएका छन् ।

चिकित्सक आवासदेखि लिएर अप्रेशन, सेवा प्रवाह गरी ४२ वटा कोठा रहेको भवन शारिरीक रुपमा अशक्त रहेकाले समेत सेवा लिने गरी निर्माण गरिएको संघका उपसभापति कृष्णकुमार भण्डारीले जानकारी दिए । भवन उद्घाटनसँगै आँखा रोगीका बिरामीको अप्रेशन समेत गर्ने गरी अस्पतालका व्यवस्थापकिय कामलाई अघि बढाइएको उपसभापति भण्डारीको भनाई रहेको छ ।

राजदुत साईगोले नेपाल जापान सरकार बिच सदियौँ देखिको सम्बन्ध रहि आएको बताए । उनले नेपालको विकासका लागि जापान सकारात्मक रहेको भन्दै जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिने गरी विकास निर्माणमा सघाउ पु¥याउन जापान सरकार तयारी छ ।

अस्पताल सञ्चालनका लागि अप्रेशन माईक्रोस्कोप, फाको मेसिन, एस्काईन, डेहुमिडिफर, ओटी वेड, स्टे«लिजेसन सेट, कट्रयाक सेट, स्लाईट ल्याम्प, ट्राइल लेन्स सेट, दृष्टिजाँच यन्त्र, आँखाको नानी हेर्ने पावर मेसिन, मोतिबिन्दुको अप्रेशन मेसिन लगायतका उपकरणहरु उपलब्ध भैसकेको सभापति राउतले बताए ।

उपलब्ध सामग्री मध्ये ३५ लाख मुल्यको ‘फाको मेसिन रहेको छ । बाँकी अन्य १५ प्रकारका औजार मेसिन रहेको उनले बताए । आँखाको घाँउलाई सानो बनाएर उपचार गर्ने यो मेसिन नेपालकै प्रसिद्ध आँखा अस्पतालमा मात्र रहेको उनले बताए । सभापति राउतले भने, ‘यसलाई पुर्ण रुपले सञ्चालन गर्न २३ जना डाक्टर चाहिन्छ, तत्काल सबै उपलब्ध नभए पनि थोरैबाट भएपनि सेवा सुरुवात गर्छौं ।’

कर्मचारी व्यवस्थापनका लागि दातृ निकाय र सरकारसँग छलफल भईरहेको उनले बताए । १२ बर्ष अघि प्राथामिक उपचार केन्द्रबाट सुरु भएको केन्द्रमा बार्षिक १७ हजार बिरामी आउने गरेका छन् । तीमध्ये महिलाको संख्या पुरुष भन्दा बढि रहेको उपचार केन्द्रका प्रमुख डा. दुल्लिराज तिमल्सिनाले बताए ।

उदयपुर लगायत छिमेकी जिल्ला खोटाङ्ग, भोजपुर, ओखलढुंगाबाट बिरामीहरु आउने गरेको उनको भनाई छ । उनले भने, ‘उपचार गर्न आएका बिरामी मध्ये महिनामा झण्डै ५० जना अप्रेशनका बिरामी आउँछन्, त्यो सेवा हामीसँग नभएपछि सगरमाथा चौधरी आँखा अस्पताल लाहानमा सिफारिस गर्छौं ।’ उपचार केन्द्र सञ्चालन भए यता एक लाख ४४ हजार चार सय ६१ जना बिरामीले सेवा लिएको उनले बताए । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिगाहा क्षेत्रफलको जग्गामा आँखा अस्पताल निर्माण गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

रुपन्देही-२ मा विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित