झापामा पहिलो चरणमा ९ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

दमक । झापामा पहिलो चरणमा ९ हजार व्यक्तिलाई कोरोना भाईरस (कोभिड १९) बिरुद्घको खोर्प कोभिसिल्र्ड’ लगाइने भएको छ । यसका लागि आवश्यक तयारी पुरा भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । झापामा बुधबारबाट खोप लगाइने भएको छ ।

जिल्लामा पहिलो चरणमा स्वास्थकर्मी , एम्बुलेन्स चालक, शववाहन महिला स्वास्थ्य स्वयमसेविका र सरसफाई कार्यरत कर्मचारीलाई खोप लगाइने चौलागाइले जानकारी दिए । उनका अनुसार जिललाको तीन स्थानमा खोप कार्यक्रम सञ्चालन गरिनेछ । मेची अस्पताल भद्रपुर, अनारमनी स्वास्थ्यकेन्द्र बिर्ताबजार र दमक अस्पतालमा खोप सञ्चालन हुनेछ । त्यसका लागी खोप लगाउने स्वास्थ्यकर्मीलाई मंगलबार बिहान तालिम दिइने फोकलपर्सन चौलागाईले बताए ।

खोप सोमबार राती जिल्लामा आइृपुगेको छ । सरकारले पठाएको खोप २­८ डिग्री सेन्टीग्रेटमा स्वास्थ्य कार्यलय र खोप केन्द्रमा राखिने छ । झापामा केन्द्र सरकारले सिधै खोप पठाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री