काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २४६ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार २० पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)






