चिच्याउँदै हिँडेछु म सडकमा
भिडहरू छिचोल्दै, पछारिँदै
तर, कसैले मलाई सुनेन
मुर्दाहरूको वस्तीमा पुगेछु म
मलाई थाहा नै भएन । !

‘विरोध’को विरोधमा विरोध भएछ
विरोध त मेरो पनि थियो
तर, कोही बोलेनन्
गुंगाहरूको वस्तीमा पुगेछु म
मलाई थाहा नै भएन ।

अत्याचार रोक्न दौडेछु म
‘साथी–साथी’ भन्दै गुहार्दै
अफसोस्, कोही अगाडि बढेन
लंगडाहरूको वस्तीमा पुगेछु म
मलाई थाहा नै भएन ।

सकिनँ देख्न अबलाको अस्मिता लुटिएको
आफ्नै आँसुमा डुबेछु म
तर, कोही मसँगै रोएनन्
अन्धाहरूको वस्तीमा पुगेछु म
मलाई थाहा नै भएन ।

बन्दुकको गर्जन फेरि सुन्दैछु म
कोलाहलै कोलाहल देख्दैछु म

सहनै नसकिने आवाज, तर कसैले सुनेनन्
बहिराहरूको वस्तीमा पुगेछु म
मलाई थाहा नै भएन ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?