मोडल उषा सुवेदी नुवाकोट–२ पिपलकी हुन् । एभरेस्ट कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्, उनी । म्युजिक भिडियो मोडलका रूपमा परिचित उषाले २०७२ भदौमा राधिका हमालको तीजगीत ‘काँकरीको झ्यालैमा लौका फलेको…’बाट मोडलिङ यात्रा थालेकी हुन् । गायक कमल बिसीले गीतको भिडियोमार्फत आफूलाई मोडलिङमा ल्याएको उनी बताउँछिन् । अहिलेसम्म १ सय ६० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन्, उनले । पछिल्लो दुई वर्षयताबाट भिडियोमा सक्रिय उनले पुष्कल शर्माको ‘पहिलो माया…’, प्रमोद खरेलको ‘धोका…’, प्रेम अर्यालको ‘चोट…’, बद्री पंगेनीको ‘मुटु उपहार…’, मिलन दुलालको ‘ओखलढुंगामा…,’ गीतमा मोडलिङ गरेकी छन् । उनै मोडलसँग डब्बु क्षत्रीले गरेको छोटो संवाद :

केही महिनाअघि नायिकाको प्रस्ताव आएको थियो । किन गरिएन ?
फिल्म प्रस्ताव आउँदा खुसी लाग्यो । तर, प्रस्ताव ल्याउनेको नियत नै मन परेन । उनीहरूको व्यवहार ठिक नलागेपछि खेल्न चाहिनँ ।
कस्तो नियत ?
एउटा नारीमाथि पुरुषको कस्तो नियत हुन्छ भन्ने पक्कै थाहा होला नि † त्यो भनिरहनु पर्छ र ?
यौन प्रस्ताव फिल्म निर्माताबाट मात्र आयो कि अरूबाट पनि ?
हो । त्यस्तो प्रस्ताव आउँदोरहेछ ।

प्रेम प्रस्ताव कतिको आउँछन् ?
वाक्क–दिक्क पार्छन् ।
प्रेम प्रस्ताव बढी आउँछ कि म्युजिक भिडियोको ?
म्युजिक भिडियो माहिनामा कम्तीमा तीन÷चार वटा आउँछ । प्रेम प्रस्ताव त गनेर साध्यै छैन । कति हो कति ।
अनि के भन्छन् त ?
फेसबुकबाट मन प-यो भन्छन् । प्रेम प्रस्ताव राख्छन् । फोन नम्बर लिएकाले सोझै फोन गरेर प्रेम प्रस्ताव राख्छन् ।

पहिलो प्रेम याद छ ?
म जन्मिएपछि मम्मीसँग पहिलो प्रेम भयो ।
केटा प्रेमीको कुरा गरेको ?
त्यो कहिले भयो ? त्यो याद भएन । स्कुलमा धेरै मन पराउने थिए । कलेजमा एउटा मन पराउने थियो । नजिक नहुँदै ऊ विदेश लाग्यो र विवाह पनि गरिसक्यो ।
प्रेममा यौनसम्बन्ध आवश्यक छ?
सेक्स अति आवश्यक कुरा हो ।
यसो नभएरै प्रेम सम्बन्ध टुट्ने गरेको हो त ?
यौनसम्बन्ध नभएर वा बढी भएर पनि प्रेम टुट्ने गर्छ ।
सोझै पनि अफर गर्छन् ?
गर्छन् । फोनबाट अफर गरेका छैनन् । तर, म्यासेजमै गरेका हुन्छन् ।
सोझै अथवा पैसामा पनि डिल गर्छन् कि ?
त्यस्तो पनि हो । ठूला–ठूला विजनेनम्यानले एसएमस गर्छन् । तराई भेगका व्यापारीले ‘म यस्तो व्यापारी हुँ’ भनेर म्यासेजमै विभिन्न प्रस्ताव राख्छन् । त्यसरी, पैसाको पछि लाग्ने भए त कहाँ पुग्थे होला ?
मन पराएको मान्छेबाट यस्तो अफर आए नि ?
आफूले प्रेम गरेको मान्छेसँग विवाह नै हुने भयो भने त त्यस्तो अप्ठ्यारो नहोला ।
अनि धोका भयो भने ?
धोका भयो भने अवश्य गाह्रो हुन्छ । पीडा होला, रोइएला । अरू त के गर्न सकिन्छ र ?
अबको लक्ष्य ?
चलचित्रमा स्थापित भएपछि मात्र विवाह गर्ने ।







