जो संगीतबिना केही होइनन्

पाखापखेरा, लेकबेंसी, धुलोमैलोमा हुर्किए, सल्यान ढाकाडाम, भालुखोलाका रामु खड्का । दिदीहरूले विकटताका कारण स्कुल देख्न पाएनन् । तर, तिनै दिदीको साथले उनी स्कुल जान थाले । दिदीहरूले लामो बाटो बोकेरै स्कुल पु-याउथे । त्यही बेला दिदीहरूको लयले उनलाई लोभ्यायो । उनी पनि गुन्गुनाउन थाले । विस्तारै ‘संगीत लत’ लाग्यो ।

२०६४ सालमा रामुले गाउँबाट ‘एसएलसी पास’ गर्ने पहिलो रेकर्ड नै राखे । त्यसपछि सुरु हुन्छ, उनको काठमाडौं यात्रा । हुन त एक्लो छोरो भएकैले काठमाडौं जाने अनुमति पाएनन् । ‘संगीतप्रतिको मायाले काठमाडौं जानु थियो, परिवारले अनुमति दिनुभएन,’ उनी सम्झन्छन्, ‘जसरी पनि जान्छु भन्ने लागेको थियो ।’

रामुले आमाबाट ४ हजार ८ सय मागे । अनि, ‘नजिकै पढ्न जान्छु’ भन्दै काठमाडौं कुलेलाम ठोके । गाउँबाट काठमाडौं पढ्न आउने पहिलो व्यक्ति उनै बने । गाउँकै सांगीतिक कार्यक्रममा भाग लिएर चर्चा बटुलिसकेका थिए, उनले । काठमाडौं छिरेपछि संगीतपथ फराकिलो हुँदै गयो । विज्ञान पढ्न थाले पनि संगीत छुटाएनन् ।

रेकर्डिङ स्टुडियो र म्युजिक कम्पनी धाउने । अग्रज कलाकार भेट्ने । संगीत’bout नयाँ कुरा सिक्नमै उनको दैनिकी बित्न थाल्यो । ‘प्लस टु’ पछि दैनिकी चलाउन तरकारीसमेत बेचे, रामुले । जब, सन्तोष बानियाँका शब्द र आफ्नै संगीतमा रामजी खाड र टीका पुनको आवाजमा ‘साथी बनेर’ बोलको गीत बजारमा आयो, त्यसपछि ‘टर्निङ प्वाइन्ट’ सुरु भयो । गीतले सर्वाधिक चर्चा पायो ।

‘मैले कल्पनासमेत गरेको थिइनँ,’ उनी उत्साहित सुनिए, ‘पहिलोपटक संगीत गरेको गीत चर्चामा आउँछ भनेर सोचेकै थिइनँ ।’ गीत चल्नुमा रामुको संगीतमा नयाँपन र फरक स्वाद थियो । पुराना धार उनले ‘ब्रेक’ गरेका थिए । उनको चर्चा एकाएक चुलियो । नया“स“गै पुराना गायकगायिकासमेत उनको संगीतमा गाउन लालायित भए । व्यावसायिक संगीत क्षेत्रमा अहिले रामुले छुट्टै परिचय बनाएका छन् ।

उनीद्वारा संगीतबद्ध ‘मर्ने मिति’, ‘आजभन्दा भोलि माया’, ‘बरु यसै दुःखी छु’, ‘रोएर हेर’, ‘सधैं कुरिरहन्छु,’ ‘नियति’, ‘स्वर्णपदक’, ‘लग्यो पराइले’, ‘रित्तो झोला’, ‘तिम्रै तस्बिर’, ‘भदौरे झरी’, ‘कसको सिन्दुर’, ‘हार्दिक श्रद्धाञ्जली,’ ‘अब त पागल भै’लगायत चर्चित छन् । पुराना शैलीका लोकसंगीत तथा लोकदोहोरी गीतलाई परिमार्जनसहित यहाँसम्म पु-याउनुमा उनको योगदान छ । हजारको हाराहारीमा उनको संगीतमा गीत छन् ।

राष्ट्रिय अवार्डअन्तर्गत ‘राप्ती म्युजिक अवार्ड–२०७१’, ‘राष्ट्रिय लोकदोहोरी म्युजिक अवार्ड–२०७३’, ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७३’, ‘छायाछवि तीज म्युजिक अवार्ड– २०७५’, ‘इपिक नेपाल म्युजिक अवार्ड–२०७५’बाट संगीकार रामु सम्मानित छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उनलाई संगीतबाहेक अरु क्षेत्रमा पनि ‘अफर’ आए, तर उनले संगीत छोड्न सकेनन् । ‘जुन कुराले मलाई यहाँसम्म ल्याएको छ, म कसरी यो क्षेत्र छोड्न सक्छु र ?’ उनी भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग