बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ खहरेमा करेन्ट लागे एक बालकाको मृत्यु भएको छ ।
विजुलीको पोलबाट खानेपानीको पाईपमा बाँधेको फलामको तार चुडिँदा करेन्ट लागेर घाइते भएका १६ बर्षीय स्वदेश थापा ज्यान गएको छ ।
करेन्ट लागे घाईते थापालाई उपचारको लागि धौलागिरी अञ्चल बागलुङ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका हबल्दार प्रेम खड्काले जानकारी दिए । थापा घाँस काट्नको लागि बागलुङ नगरपालिका–८ सिगाना गएको बेला करेन्ट लागेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)






